|

पर्वत : धौलागिरी हिमाल आरोहण गरेर फर्कदै गर्दा एक जना नेपाली गाइड बेपत्ता भएका छन। म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ४ मा रहेको हिमाल आरोहणपछि फर्कने क्रममा सोलुखुम्बु चौरीखर्क ३ का ३० बर्षिय आङनिमा शेर्पा दुई दिनदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन्।

इन्डियन एयर फोर्सको १४ जनाको टोलीको गाइड बनेर शेर्पा हिमाल आरोहणमा गएका थिए। गएको आइतबार साँझबाट बेपत्ता भएका शेर्पाको हेलिकप्टर र स्थलगत रुपमा खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

एयर फोर्सको टोली सफलतापूर्वक अरोहण गरेर फर्कने क्रममा ८ हजार १ सय ६७ मिटरको उचाईबाट शेर्पा बेपत्ता भएका थिए। आरोहणमा गएका भारतीयसहितको अन्य टोली भने सुरक्षित रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.