|

दमक : जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावका लागि साझा पार्टीले दमक नगरपालिकाको प्रमुखको उम्मेदवार घोषणा गरेको छ। प्रमुख पदमा साझा पार्टीबाट उम्मेदवारी दिएका अर्जुन बुढाथोकी कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति हुन्।

उम्मेदवारी घोषणा गर्दै बुढाथोकीले नेपाली कांग्रे कार्यकर्ताको हित विपरीत लागेका कारण पार्टी त्याग्नुपरेको बताए। उनले रोजगारीको सिर्जना  र सुशासनका लागि साझा पार्टीले काम गर्ने बताए। 

पार्टीले स्थानिय तहको दोस्रो निर्वाचनका लागी दमकमा पार्टी कार्यालय समेत स्थापना गरेको छ। आगामी आइतबार पार्टीका संयोजक रविन्द्र मिश्रसहितका शीर्ष नेताहरुको उपस्थितीमा बाँकी पदका उम्मेदवार समेत घोषणा गरिने साझा पार्टी दमकका सन्तोष निरौलाले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.