|

बारा  ः बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ता रहेका छन्।

वडा अध्यक्ष गुप्ताले प्रदेशसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आज दिउँसो १ः०० बजे तालाबन्दी गरेका थिए।

प्रहरीको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयको ताला खोलिएको थियो। ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताए।

वडा अध्यक्ष गुप्तालाई छुटाउन गएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकवाल मिया र प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीलाई ईलाका प्रहरी कार्यालय सिमराले मुल गेटमै प्रवेशमा निषेध गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.