|

विराटनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पनि पनि मतदातासँग भोट माग्न व्यस्त छिन्।

मोरङ क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी कोइराला माओवादीका तर्फबाट प्रदेशसभामा उम्मेदवार गणेश उप्रेती (सुशील) सहित भोट माग्न व्यस्त छिन्।

आइतबार सुनवर्षी–६ चैतीटोलमा पुगेकी उनले त्यहाँको महिलालाई समेटेर तस्विर लिन भ्याइन्।  ‘प्रतिनिधिसभामा रुखमा  र  प्रदेशसभामा माओवादीको चुनाव चिह्न हँसिया हथौडामा भोट हाल्नुहोला है’, ‘आफूसँगै प्रदेशसभाका माओवादी उम्मेदवार उप्रेतीलाई चिनाउँदै भनिन्,‘ हामी दुवै जना मिलेर यो क्षेत्रको विकास गर्छौँ।’ 

पार्टी भित्रकै अन्तरविरोधले सुजाताका लागि निर्वाचन परिणाम कस्तो हुने हो भन्ने जिज्ञासाबीच माओवादी केन्द्रका उम्मेदवार उप्रेतीले कोइरालालाई पनि बलियो साथ दिइरहेका छन्। कांग्रेस मतदाताका ठाउँमा कोइरालाले  आफूसँगै मत माग्दै गर्दा उप्रेतीले पनि कोइरालालाई गिरिजाप्रसाद कोइरालाकी छोरी भएको कारण भोट दिन माओवादी कार्यकर्तालाई सम्झाइरहेका हुन्थे।

सुजाताले गठबन्धनले जित्नेमा विश्वस्त रहेको भन्दै आफूहरूको नेतृत्वमा सरकार बन्ने आफू ढुक्क रहेको दाबी गरिन्। उनले गठबन्धन सरकार पाँचै वर्ष टिक्ने दाबी गरिन्। ‘अहिलेसम्म कुनै पनि सरकार ५ वर्ष टिकेको छैन अब टिक्छ। प्रदेश सरकार पनि गठबन्धनको बन्छ,’ कोइराला भनिन्।

उनले आफ्नो निर्वाचन क्षेत्रमा  विभिन्न जातजातिका समस्या, महिलाका समस्या समाधान  साथै महिलाको लागि सिपमूलक तालिम, बालबालिकाका लागि पठनपाठनको व्यवस्थापन र गरिब तथा दलित बालबालिकालाई उच्च शिक्षाका लागि सहयोग गर्ने  प्रतिबद्धता जनाइन्।

जोगिएला  बुबाको साख ?

सुजाताका बुबा गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ हुँदै ०५६ सालमा यो क्षेत्रबाट निर्वाचन जितेका थिए। ०६४ सालको निर्वाचनमा देशैभर माओवादीको लहर चल्दै गर्दा यो क्षेत्रमा कांग्रेसका नेता आमोदप्रसाद उपाध्याायले निर्वाचन जितेका थिए। तर, २०७० सालमा भने कांग्रेसको विरासत भत्काउँदै एमालेका ऋषिकेश पोखरेलले निर्वाचन जितका थिए। ०७४ का निर्वाचनमा भने  वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेललाई पराजित  गर्दै काँग्रेस नेता मिनेन्द्र रिजाल निर्वाचित भएका थिए।

कांग्रेसको गढ भनेर चिनिने यो क्षेत्रमा सुजातालाई बुबाको साख जोगाउन कठिन रहेको विश्लेषण गरिएको छ। आक्कलझुक्कल मात्र विराटनगर टेक्ने हुँदा पनि उनलाई जित्न सकस पर्ने कांग्रेसकै केही नेता–कार्यकर्ता बताउँन्। गिरिजाप्रसाद कोइरालाको छोरी भएको हिसाबले पनि कोइरालाको जीत सुनिश्चत रहेको माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवार उप्रेती बताउँछन्। सुजाता पनि आफू यो निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.