|

सिमरा : बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आफू वडाध्यक्षबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन्।

वडा-७ का अध्यक्ष सुनिल गुप्ताले पटकपटक दलबलसहित आएर नगरपालिकामा तालाबन्दी गरेको भन्दै सुरक्षाको प्रत्यभूति दिलाउन माग गरेका हुन्। गुप्ताले नगरपालिकामा आएर अराजकता प्रर्दशन गरेको भन्दै उनले सुरक्षा निकायले समेत आफूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए।  

उनले भने, ‘म असुरक्षित छु। पालिका असुरक्षित छ। पालिकामा बसेर काम गर्ने वातावरण छैन’, उनले भने। वडाध्यक्ष गुप्ताले भ्रम फैलाएर स्थानीय बासिन्दालाई उचालेर तालाबन्दी आरोप लगाए। ‘तालाबन्दी गरको यो दोस्रोपटक हो’, उनले भने, यति अराजकता हुँदा पनि सुरक्षा निकायले कारबाही गरेको छैन।’

नियमित उठिरहेको फोहरको नाममा विवाद झिकेर गुप्ताले तालाबन्दी गरेको उनले बताए। ‘वडासदस्यलाई कार्यवाहक तोकेर नगर बाहिर गएको भनिएका वडाध्यक्ष गुप्ता पालिकामा ताल्चा लगाउन दलबलसहित आउनु नै रहस्यमय र नियोजित भएको पुष्टि हुन्छ’, पौडेलले भने।  

निर्वाचन अधिकृतको कार्यालय समेत राखिएको पालिका कार्यालयमा नाराबाजी गर्ने, ताला लगाउने र चक्काजाम गर्ने जस्ता कार्य गरेर गुप्ताले अराजकताको हद पार गरेको उनको तर्क छ।  निर्वाचन कार्यालय भएको पालिकाको मूलद्वारमा ताल्चा लगाएको विषयलाई निर्वाचन आयोगले सामान्य रूपमा लिनु दुर्भाग्य भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.