|

काठमाडौं : रड प्रहारबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा एक युवकको मृत्यु भएको छ। स्थानीय २४ वर्षीय विराम आलेको मृत्यु भएको हो। 

दुलेगौँडास्थित रिमाल अटो केयरमा काम गर्ने आलेलाई त्यहीँ काम गर्ने सर्लाही गौरीशङ्कर नगरपालिका–५ का २५ वर्षीय नवीनकुमार चौधरीले शुक्रबार रडले प्रहार गरेका हुन्। 

विभिन्न ठाउँमा रडले प्रहार गर्दा गम्भीर घाइते भएका आलेको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.