|

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्थानीय तहको निर्वाचन भएको दशौं दिनसम्म पनि मतगणना भइरहेको छ। निर्वाचन आयोगका अनुसार काठमाडौंको मतपरिणाम आइसक्न अझै केही दिन लाग्नेछ।

देशकै पहिलो महानगरपालिका काठमाडौं महानगरपालिका जनसंख्याका हिसाबले पनि सबैभन्दा ठुलो स्थानीय तह हो। त्यसैले पनि काठमाडौंको मतपरिणामलाई धेरैले चासोका साथ हेरेका छन्।

निर्वाचन भएको दशौं दिन बुधवार बेलुकीसम्म १  लाख ४१ हजार ३ सय ४१ मतगणना भएको छ। हालसम्म नेकपा एमालेका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य १३ हजार बढी मतको अन्तरले अग्रस्थानमा छन्। उनले ४६ हजार ८ सय २१ मत प्राप्त गरेका छन्।

काँग्रेसका राजुराज जोशीले ३२ हजार ९ सय १४ मतसहित उनलाई पछ्याइरहेका छन्। विवेकशील दलकी रञ्जु न्यौपाने दर्शनाले १७ हजार ३ सय ४ मत, साझा पार्टीका किशोर थापाले १३ हजा ३५ मत ल्याएका छन्। काठमाडौंमा माओवादीको अवस्था भने राम्रो छैन्।  माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ५ हजार १ सय ६७ मत मात्रै ल्याएका छन्।

उप-प्रमुखमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले  ४२ हजार ७ सय २७ मत ल्याएकी छिन्। उनी निकटम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठ भन्दा १७ हजार बढी मतले अगाडि छिन्। श्रेष्ठले २५ हजार ३ सय ९७ मत ल्याएका छन्। यस्तै उपप्रमुखकै साझा पार्टीका निरुपमा यादवले ८ हजार ३ सय ९५ मत ल्याएकी छन्। माओवादी केन्द्रकी शुसिला पौडेलले ६ हजार ९ सय ९१ मत ल्याएकी छिन्।

कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३ ) मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणना सकिनै लाग्दा काठमाडौं महानगर प्रमुख वा उपप्रमुख को होला ? भन्ने एकखाले अड्कलबाजी काट्न थालि सकिएको छ। प्रमुखमा एमालेका विद्यासुन्दर र उपप्रमुखमा काँग्रेसकी हरिप्रभा अग्रस्थानमा रहीरहदाँ महानगरका वडाहरुमा यी दुई पार्टीको वर्चश्व छ।  

वडामा भएको निर्वाचनमा हालसम्म एमाले-कांग्रेसको मत बराबरी जस्तो देखिन्छ। बुधवार बेलुकीसम्म ११ वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने ११ वडामा नै कांग्रेसका उम्मेदवार विजयी भएका छन्। केही वडामा अध्यक्ष एउटा पार्टीले जितेपनि सदस्यहरु दुबै पार्टीका उम्मेदवार विजयी भएका छन्।

मतगणना भइसकेका २२ वडामध्ये एमालेले १,२,३,४, ३१, १८,२१,२२,२३,२४,२७,३२ मा अध्यक्ष जितेको छ। कांग्रेसले ५, ६, ८, १७, १९, २०, २५, २६, २८, २९, ३० वडामा अध्यक्ष जितेको छ। महानगरका ३२ वडामध्ये ७, ९, १०, ११, १२, १३, १४, १५, १६ वडामा अहिले मतगणना भरहेको छ।

हेर्नुस कुन वडामा कसले जित्यो ? (मतपरिणाम सहित)

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.