|
फाइल तस्बिर

संखुवासभा : संखुवासभाको दुईवटा मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुन: शुरु भएको छ।

खाँदबारी नगरपालिका–३ महेन्द्र माध्यमिक विद्यालयको (ग) मतदान केन्द्र र चैनपुर नगरपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको (ख) केन्द्रमा मतदान अवरुद्ध भएको थियो। 

मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो। महेन्द्र मावि (ग) केन्द्रका मतदान अधिकृतले प्रतिनिधिसभातर्फको ३१ मतपत्र प्रदेशसभातर्फ र प्रतिनिधिसभाको ३१ मतपत्र प्रदेशसभाको बुथमा परेपछि विवाद उत्पन्न भएको थियो।

मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतम र सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटा, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिबीचको सहमतिमा डेढ घण्टापछि मतदान फेरि शुरु भएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटा जानकारी दिए।

उनका अनुसार ३१ वटा मतपत्र खसेका मतपेटिका सिल गरेर राखिएको बताए। उक्त मतपत्र प्रदेशको प्रदेशसभामा र प्रतिनिधिसभाको प्रतिनिधिसभा सदस्यतर्फ नै गणना हुने सहमति भएको सहायक निर्वाचन अधिकृत सापकोटाले बताए। 0

सरस्वती मावि चैनपुरमा ४१ थान मतपत्र प्रदेशसभाको मतपत्रमा परेको प्रतिनिधिसभातर्फको मतपेटिमा खसेपछि विवाद भएको थियो।

प्रयोग भएका ४१ थान मतपत्र परिवर्तन गरी अर्की मतपेटीका प्रयोग गर्ने र मतदान अधिकृत उमेश अधिकारीले हस्ताक्षर गरेका मतपत्र र बाँकी मतपत्र सहायक मतदान अधिकृत उमाकान्त ढकालको हस्ताक्षरका मतपत्रबाट मतदान शुरु गर्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.