|

धनगढी : अछाममा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख कृष्णसिंह नायकका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि कुल मतदाताको ५० प्रतिशत मतदान सम्पन्न भएको हो।

नायकले अछामका २ मतदान केन्द्रमा समस्या आएको बताएका छन्। जिल्लास्थित मंगलसेन नगरपालिका वडा नम्बर ३ को शिव निवास आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ मा रहेको मतदान केन्द्रमा विवाद भएको हो।

अहिले आफू नै गएर विवाद सुल्झाउन प्रयास गर्ने तयारीमा रहेको उनले बताए। त्यहाँ मतपत्र अर्के मतपेटिकामा खसाएपछि विवाद पैदा भएको उनको जिकिर छ।

अन्य मतदान केन्द्रमा मतदान जारी रहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ। यहाँ प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.