|

सुनसरी : प्रेस सेन्टर नेपाल सुनसरीले प्रदान गर्दै आएको पाँचौं दिव्यराज आचार्य स्मृति पत्रकारिता पुरस्कार–०७३ बाट सुनसरीका दुई पत्रकार पुरस्कृत हुने भएका छन्। धरानमा पत्रकारिता गर्दे आएका तारा लामगादे र इनरुवाका पत्रकार जयकृष्ण यादवलाई सो पुरस्कार प्रदान गरिने भएको हो। 

धरानका पुराना कम्युनिष्ट नेता स्वर्गीय दिव्यराज आचार्यको स्मृतिमा उनका छोरा धरान–९, आचार्य लाइन निवासी समाजसेवी गणेशप्रसाद आचार्यले २०६९ सालमा पुरस्कार स्थापना  गरेका हुन्। 

यस वर्षको पुरस्कार राशि  ५० हजार २ रुपैयाँ रहेकोमा जनही २५ हजार १ रुपैयाँका दरले ताम्रापत्रसहित प्रदान गरिने प्रेस सेन्टर नेपाल सुनसरीले जनाएको छ। 

कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा यही जेठ १३ गते शनिबार प्रेस सेन्टर नेपाल सुनसरीले धरानमा  कार्यक्रम गरी पुरस्कार वितरण गरिने जनाइएको छ।कार्यक्रममा प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष अग्रज पत्रकार भवानी बराललाई सम्मान गरिने पुरस्कार कोष सञ्चालक समितिका अध्यक्ष श्रीशिशा राईले बताए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.