|

दाङ : मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एकजना म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मानपुरका २४ वर्षीय अर्पन वलीको उपचारका क्रममा बुधवार साँझ काठमाडौंमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए।

गत वैशाख ५ गते ड्युटी सकेर वा ६९ प ५३९ नम्बरको मोटरसाइकलमा मानपुरस्थित घर जाँदै गर्दा वली तुलसीपुरको पर्सेनी चोकमा दुर्घटनामा परेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

वलीलाई राप्ती अञ्चल अस्पतालको उपचार पछि कोहलपुर हुँदै थप उपचारका लागि काठमाडौं पुर्‍याइएकोमा उपचारका क्रममा न्यूरो अस्पताल बाँसवारीमा बुधवार साँझ ८ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.