|

पर्सा : पर्सामा मतगणनास्थलमा मतपेटिका ल्याउन शुरु भएको छ। जिल्लाका ४ निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर १ र २ को मत गणनास्थल वीरगन्जको ठाकुरराम क्याम्पस तोकिएको छ।

त्यसैगरी क्षेत्र नम्बर ३ र ४ को क्षेत्र नम्बर ३ को पोखरियामा रहेको श्री रामदेव कलवार जिल्ला उचांगल उच्च मा.वि.मा मत गणना हुनेछ। उक्त ठाउँमा पेटिका ल्याउने क्रम शुरु भइसकेको छ। मतपेटिका सबै गणनास्थलमा ल्याइपुर्‍याएपछि सर्वदलीय बैठकपछि मत गणनाको समय तालिका तोकिने त्यहाँ खटेका निर्वाचन अधिकृतले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.