|

भोजपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुरमा ५०.४ प्रतिशत मत खसेको छ।

कुल एक लाख २३ हजार ३७९ मतदातामध्ये ६२ हजार १८१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मनीराम न्यौपानेले जानकारी दिए।

यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदान स्थलको १५७ मतदान केन्द्रमा सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो। मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भोलि बिहान ९ बजेसम्म सम्पूर्ण मतपेटिका ल्याइसक्ने र दिउँसो २ बजे मतगणना शुरु गर्ने तयारी भइरहेको रहेकोसमेत न्यौपानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.