|

काठमाडौं :  भोजपुरमा मतगणना सुरु भएको छ। सोमबार बेलुका ७ बजेदेखि गणना सुरु भएको हो। मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार अहिले प्रतिनिधिसभा र प्रदेशसभा​को गणना सुरु भएको छ।

भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ। यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ। कूल एक लाख २३ हजार तीन सय ७९ मतदातामध्ये ६२ हजार एक सय ८१ जना मतदाताले मतदान गरेका गरेका छन्।

यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदानस्थलको एक सय ५७ मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो।

त्यस्तै,ओखलढुंगामा पनि मतगणना सुरु भएको छ। नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञराज सुनुवार छन्। उनीहरूको कडा प्रतिस्पर्धा हुने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.