|

सिन्धुपाल्चोक : वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात गर्ने आफ्ना नेता-कार्यकर्तामाथि माओवादीले कारबाही गर्ने भएको छ। बिहीबार बिहान बसेको पार्टीको पार्टीको सम्मेलन आयोजक समितिको जिल्ला कार्यालयको बैठकले अन्तरघात गर्नेमाथि कारबाही गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकको संयोजक दावा तामाङले जानकारी दिए।

'पार्टीको हित विपरित ज–जसले काम गरेका छन्। सबैको एक- एक छानविन हुन्छ। पार्टीको निर्णय बाहिर रहेको पाईएमा तत्काल कारबाही हुन्छ,'संयोजक तामाङले भने,'पार्टीभित्र घात गर्नेहरुका लागि छानविन गर्न आजकै बैठकले छानविन समिती गठन भएको छ । हाम्रो समितीले छिट्टै नै पार्टीभित्र घात गर्नेलाई कारबाहीको दायरामा ल्याउँछ । त्यस्तो घात गरेको पाईएको पार्टीबाटै निलम्बित गराउने सक्नेछ।’ 

माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ को प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त निर्याण गरेको हो।

'पार्टीभित्र रहेर आफ्नै पार्टीलाई सिध्याउने खेलमा लाग्नेलाई पनि  निलम्बन गर्ने निर्णय गरेका हौं,' इन्चार्ज सापकोटाले भने,' बाहिर एउटा खोल ओडेर भित्र अर्को रुप देखाउने कसैलाई पनि माफी हुँदैन। यस्तो संवेदनशिल काममा दिएको धोकाको छानविन गरी कारबाही हुन्छ।'

बैठकले जिल्लालाई कसरी समृद्ध बनाउँन सकिन्छ भने विषयमा पनि छलफल गरेको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले जनाएको छ।

यस्ता छन् बैठकले गरेका निर्णयहरु

१) बैठकको प्ररम्भमा महान शहीदहरुको सम्मान एवम् सम्झनामा श्रद्धाञ्जली अर्पण गरियो ।

२) गत बैसाख ३१ गते सम्पन्न ऐतिहासिक स्थानीय तहको निर्वाचनको सवालमा प्ररम्भीक समिक्षा गरियो ।

– टिकट वितरण लगाएतका प्रारम्भीक चरणमानै तयारीका कार्यहरु र लिएका निर्णयहरु समेत कार्यान्ययन हुन   नसक्नु ।

–              मूलभूत रुपमा आफ्नो पंक्ति परिचालित भएको तर कतिपय गाउँपालिका÷वडाहरुको पराजयको मूख्यकारण अन्र्तघातनै रहेको ।

–              मतदाता शिक्षा, आन्तरिक प्राविधिक तयारी र व्यवस्थापन लगाएत अन्य समस्याहरु समेत रहेको ।

–              चुस्त, गुणात्मक र व्यवस्थित सङ्गठन निर्माणको माध्यमद्वारा पार्टीलाई प्राप्त जनमतको रक्षा गर्दै अघि बढ्दा आसन्न निर्वाचनहरुमा थप उपलब्धी हासिल गर्न सकिने ।

३) निर्वाचनमा पार्टीको विभिन्न जिम्मेवारीहरुमा रहेर पार्टी हित विपरित क्रियाकलापहरु गरी पार्टीलाई हानी पु¥याएकोमा गम्भीर छानविन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्न निम्नानुसारको छानविन आयोग गठन गर्ने निर्णय गरियो ।

प्रमुख – क. केशव नेपाल

सदस्यहरु – क. चन्द्रबहादुर थापा, क. प्रेम सापकोटा, क. अमृता नेपाल र क. विवि रायमाझी

साथै पार्टी निर्णय बिरुद्ध बाघी÷स्वतन्त्र उम्मेद्वारी दिएका सबैलाई निलम्वन गरी छानविनको दायरामा ल्याउने । सम्बन्धीत कमिटीहरुले निर्णय गरेर छानविनको माग गरेमा त्यस्ता कमरेड÷व्यक्तिहरु स्वतः निलम्वित भई छानविनको दायरामा पर्ने र प्रारम्भीक आधारसहित व्यक्तिगत उजुरीहरु आए दर्ता गरी आवश्यक छानविन निलम्वन गरी वा नगरी गर्न सकिने ।

४) आगामी योजनाहरु :

४.१ सम्बन्धीत नगरपालिका÷गाउँपालिकाहरुमा तत्काल निर्वाचनको गहन समिक्षा बैठक गर्ने । वडा÷गाउँ÷नगरपालिकाहरुको आवश्यक तयारी गरी सम्मेलन गर्ने कार्यसूची सम्बन्धित कमिटिले निर्धारण गर्ने ।

४.२ सबै गाउँपालिका÷नगरपालिकाहरुमा सम्भव भएसम्म गठबन्धन गरी सभा र कार्यपालिकाको लागि गरिने महिला र दलित वा अल्पसंख्यक सदस्यहरुको निर्वाचनाम सक्रियतापूर्वक सहभागि हुने ।

४.३ निर्वाचन पश्चातको अवस्थालाई मध्यनजर गरी विभिन्न राजनीतिक दल एवम् सामाजिक ढंगले क्रियाशिल रहेका व्यक्ति÷ व्यक्तित्वहरुलाई प्रोत्साहित गर्दै पार्टी प्रवेश गराउन सबैतिरबाट पहल लिने ।

५) आर्थिक – सबै वडा, गाउँ÷नगरपालिकाहरुले निर्वाचनको हिसाब अभिलम्व फछ्यौट गर्ने ।

६) विगतमा छुटेका र वालिग भएकाहरुको मतदाता नामावलीमा नाम समावेश गराउन सम्बन्धित कमिटिहरुले आवश्यक पहलकदमी लिने ।

७) वडा र गाउँ÷नगरपालिकाहरुको पार्टी सम्पर्क कार्यालयहरुलाई व्यवस्थित गर्ने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.