|

सुर्खेत :  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले ४ हजार २५२ भोट ल्याएका छन्। उनको प्रतिद्वनद्वी नेकपा एमालेका उम्मेदवार निरज आचार्यले २ हजार ७९० भोट ल्याएका छन्।

 शक्तिले १ हजार ४६२ भोटले निरजलाई उछिनेका छन्। स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३८ भोट ल्याएका छन्। क्षेत्र नम्वर १ को (क) का  नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका बेदराज सिंहले ५ हजार ६१२ भोट ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर सिंहले ३ हजार ४४८ भोट ल्याएका छन्।

क्षेत्र नम्बर १ (ख)का उम्मेदवार राजीवविक्रम शाहले ७ हजार ५८ भोट ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका खिमबहादुर शाहीले ५ हजार१६९ भोट ल्याएका छन्। ६५ हजार ९६१ भोट खसेको थियो। जाजरकोटमा कुल मतदाताको संख्या १०४८२४ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.