|

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक टोलीले विशेष सुराकीको आधारमा शुक्रबार बिहान दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। सुर्खेतको साबिक गुमी गाविस वडा नम्बर-२ हालको गुर्भाकोट नगरपालिका वडा नम्बर-१३ बाट ३० वर्षिय गान्धी अर्याललाई चितुवाको छालासहित पक्राउ गरेको हो।

कोठामा सजाएर राखेको अवस्थामा ६ फिट ५ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको चितुवाको छालासहित प्रहरीले अर्याललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यका अनुसार चितुवाको छालासहित पक्राउ परेका अर्याललाई सुर्खेत प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा चितुवा छाला कारोबार गर्नेलाई ५ वर्षदेखि १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।

सुर्खेत प्रहरीले शुक्रबार नै सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-१४ लादेस्थित सुर्खेत दैलेख सडकको पश्चिम छेउमा रुखको झारीमुनि लुकाइ राखेको सालको २५ थान चिरान काठ विशेष सुचनाको आधारमा बरामत गरेको छ।

सुर्खेत प्रहरीले १५ क्युफिट चिरान काठ वरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय सुर्खेतमा पठाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.