पर्सा : पर्सा क्षेत्र नं.२ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रमेशप्रसाद कुर्मी निर्वाचित भएका छन्।
कुर्मी प्रतिद्वन्द्वीभन्दा दुई हजार ६३७ मतान्तरले विजयी भएका हुन्। उनले नौ हजार ४४१ मत हासिल गरे। स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले छ हजार ८३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।
कुर्मी २०७४ सालको आम निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।