|

कणार्ली : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।  

‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो,’उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पुर्‍याएकाे थियो।’

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताए। उनका अनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५(७४.४९ प्रतिशत) मत खसेको छ।

इलाम –१ मा भने अझै प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ। कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ। अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ। सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ।

हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन। सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन। उनलाई एमालेका उम्मेदवार महेश बस्नेतलेपछि परेका हुन्। बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.