|

दमक : दोश्रो चरण्को स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस झापाले जिल्लाका १५ स्थानीय तह मध्ये ४ वटा स्थानीय तहमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ।

लामो सकस पछि कांग्रेसले झापाका ४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो। जस अनुसार दमक नगरपालिकाको प्रमुखमा पार्टीका युवा नेता ढुण्डिराज भण्डारी र उपप्रमुखमा रेगिना भट्टराई प्रसाई उम्मेदवार छन्। पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाका अनुसार बिर्तामोड नगरपालिकामा जलकुमार गुरुङ्ग प्रमुख र पार्वती गिरी  उपप्रमुखको उम्मेदवार छन्।

यसैगरी भर्खरैमात्र घोषणा भएको नगरपालिका कमल नगरपालिकको प्रमुखमा हुकुमसिंह राई र दीपा गौतमलाई उपप्रमुखको उम्मेदवारमा चयन गरेको छ। यस्तै गौरादह नगरपालिकको प्रमुखमा रोहित शाहलाई चयन गरेको पार्टीले जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष थापाका अनुसार केही दिनमै अन्य स्थानीय तहमा पनि उम्मेदवारको टुंगो लाग्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.