|

धरान : विभिन्न सञ्चारगृहका सम्पादकहरुले धरानको विकासमा जिम्मेवार भएर लाग्न नेकपा एमालेका स्थानीय नेताहरुलाई सुझाव दिएका छन्। नेकपा एमाले धरान निर्वाचन परिचालन समितिले बुधबार गरेको अन्तक्रिया कार्यक्रममा विकासमा मुद्दामा जिम्मेवार रुपमा प्रस्तुत हुन एमालेलाई सञ्चारकर्मीहरुले सुझाव दिए।

छलफलमा मर्निङ टाइम्स दैनिकका सम्पादक तथा प्रकाशक सागर भट्टराईले धरानमा एयरपोर्ट बनाउन एमालेले सहयोग नगरेको बताए। उनले  विकासका काममा एमालेको उल्लेखनीय काम हुन नसक्नुको कारण के हो भनि सोधका थिए ?

जवाफमा एमाले धरानका अध्यक्ष तथा धरान नगरपालिकाको प्रमुख उम्मेदवारका दाबेदार मानिएका तारा सुब्बाले तत्काल एयरपोर्ट निर्माणको संभावना नरहेको बताए। उनले विकास निर्माणको काममा पार्टी जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा ब्लाष्ट टाईम्स दैनिकका किशोरकुमार कार्कीले धरानलाई एमालेले मिडिया रिसर्च  सेन्टरको रुपमा विकास गर्नुपर्ने बताए। उनले स्थानीय पत्रपत्रिकाको विकासका लागि समानुपातिक विज्ञापन वितरण तथा लोक कल्याणकारी विज्ञापनको व्यवस्था गर्न सुझाव दिए।

दन्तकाली एफएमका समाचार सम्पादक तिर्थबहादुर कार्कीले एमालेले सञ्चार क्षेत्रको विकासमा खेलेको भूमिका सकारात्मक रहेको बताए। तर एमालेले घोषणापत्र र उम्मेदवार घोषणा समेत नगर्दा अहिले नै हतोत्साही भएको हो कि भन्ने आशंका जनतामा रहेको बताए।

मजदुर नेता तथा औजार दैनिकका भिम राईले धरानलाई सञ्चार क्षेत्रको राजधानीको रुपमा विकास गर्न आवश्यक रहेको सुझाव दिए। कार्यक्रममा  दिव्य रोशनी साप्ताहिककी प्रकाशक तथा सम्पादक मनिता चाम्लिङले एमालेमाथि नियोजीत रुपमा केही आरोपहरु लाग्ने गरेको भन्दै त्यस तर्फ एमाले नेतृत्वले सचेत हुनुपर्ने बताइन्।

दन्तकाली एफएमका स्टेशन म्यानेजर दुर्गा भुजेलले एमालेले सञ्चार माध्यमको विकासका राहतका कार्यक्रमहरु ल्याउनुपर्ने बताए।

एमाले सुनसरीका सचिवालय सदस्य तथा एमाले धरानका इन्चार्ज प्रदिप भण्डारीले उमेदवार र घोषणा पत्र केही दिन भित्रमै सार्वजनिक हुने बताए। उनले एमालेको चुनावी घोषणापत्रमा विकासका मुद्दाले प्राथमिकता पाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.