|

बारा : बाराको क्षेत्र नं. ४ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन्। चौधरी ३६२० मतको मतान्तरले निर्वाचित भए।

जितको घोषणालगत्तै मतदातालाई सम्बोधन गर्दै चौधरीले मतका लागि धन्यवाद दिँदै चुनावी घरदैलोका क्रममा गरेका वाचा पूरा गर्न कुनै कसर नछाड्ने प्रतिबद्धता जनाए। 

चौधरीले १३६०९ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल)ले ९९८९ मत पाएका छन्।

यसैगरी तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले ४१४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्घा मगरले ३६५६ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.