|

बारा : बारामा क्षेत्र नं. १ को मतगणना रोकिएको छ। मतपेटिका खोल्नुअघि मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

मतपेटिका खोल्ने क्रममा नेपाली कांग्रेसका प्रतिनिधि परिवर्तन भएको र परिवर्तन भएका प्रतिनिधिले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि गणना रोकिएको हो।

मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भइरहँदा मतगणनास्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कांग्रेसका प्रतिनिधि बाहिर निस्किएका कारण मतगणना रोकिएको र तत्कालै सञ्चालन गर्ने गरी आफूले सहजीकरण गरिरहेको बताए। उनका अनुसार गणना सुरु गराउने विषयमा छलफल चलिरहेको छ।

बारा १ को हालसम्म भएको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली २४५२४ मतसहित अग्र स्थानमा छन् भने कांग्रेसका उमाकान्त चौधरी १९६३१ मतसहित दोस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.