|

सुनसरी : नेपाली कांग्रेस जिल्ला समिति सुनसरीले स्थानीय तहको प्रमुख तथा उप–प्रमुखको उम्मेदवार छनोट गर्न नसकेपछि नेपाली कांग्रेस सुनसरीका नेताहरु उम्मेदवारको नामावली बोकेर काठमाडौं हिँडेका छन्। सबै स्थानीय तहको प्रमुख तथा उप–प्रमुखको प्रस्तावित नामावली बोकेर कांग्रेस नेताहरु केन्द्रीय समितिको उपस्थीतिमा उम्मेदवार टुंगो लगाउने भन्दै काठमाडौं लागेका हुन्।

लामो समयको छलफलपछि पनि उम्मेदवारको टुंगो लाग्न नसकेपछि प्रस्तावित नामावली लिएर उम्मेदवार छनोट समितिका नेताहरुसहित जिल्ला पदाधिकारी टिम काठमाडौं हिँडेको नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामाङले थाहाखबरलाई बताए।

उनका अनुसार गाउँपालिकाहरुको प्रमुख तथा उप–प्रमुखको लगभग टुंगो लागिसकेको भए पनि थप पुनः विचार गर्नुपरेमा काठमाडौंमा नै बसेर टुंग्याउने बताए। नेपाली कांग्रेस सुनसरीको उम्मेदवार छनोट समितिमा जिल्ला पदाधिकारी, सुनसरीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, सांसदहरु, तथा जिल्ला सभापतिका प्रत्यासी रामहादुर बस्नेत रहेका छन्।

जिल्लामा छलफल गर्दा उप–महानगर तथा नगरको प्रमुख तथा उप–प्रमुखको उम्मेदवार टुंगो लगाउन मुस्किल भएपछि शुक्रबार नै जिल्ला पाटी सभापति राजीब कोइरालाको नेतृत्वमा काठमाडांै लागेको र चाँडै उम्मेदवारहरुको टुंगो लगाउने सचिव तामाङले बताए। उनले भने सुनसरीको सबै वडाहरुमा भने वडाध्यक्ष सहितको उम्मेदवारको टुंगो लगाइसकिएको र उनीहरु घरदैलो कार्यक्रममा लागिसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.