|

काठमाडौ : टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा निर्माण भएको फिल्म 'धनपति'को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा गरिब परिवारले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनको लागि गर्नु परेको संघर्ष देखाइएको छ। ट्रेलरमा राजनीतिक द्वन्द्वलाई पनि देखाइएको छ।

यसअघि टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा फिल्म 'पशुपतिप्रसाद' निर्माण भएको थियो। 'पशुपतिप्रसाद'ले धेरै दर्शकको मन जितेको थियो। रोजिना सिटौला निर्मात्री रहेको 'धनपति'लाई 'पशुपति प्रसाद' निर्देशक दिपेन्द्र के खनालले नै निर्देशन गरेका हुन्।

कार्यक्रममा बोल्दै निर्देशक खनालले आफुले यो फिल्ममा एकदमै दुख गरेको बताए। भन्छन 'मेरो जीवनमा सबै भन्दा दुख गरेर बनाएको फिल्म हो धनपति। म आफै पनि दर्शकसँग बसेर यो फिल्म हेर्न आतुर छु।' 

फिल्त्यमका नायक खगेन्द्र लामिछानेले आफुले अहिलेसम्म पाएको 'पशुपति प्रसाद' उपनाममा अर्को उपनाम 'धनपति' थपिने बताए। फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरबी बर्तौला लगायतको अभिनय रहेको छ।

निर्देशक खनाल आफैले खिचेको फिल्ममा आधा सुरको संगीत, सूर्य थोकरको एक्सन र दिर्घ खड्काको सम्पादन रहेको छ। फिल्म असार २३ गतेबाट प्रदर्शनमा आउँदै छ।
हेर्नुहोस ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.