|

सुर्खेत : शुक्रबारदेखि रत्न राजमार्गको पदमपुर नजिक सुर्खेत पेट्रोल पम्प संचालनमा आएको छ। यो सहित वीरेन्द्रनगरमा पेट्रोल पम्पको संख्या ७ पुगेको छ। शुक्रबार बिहान पम्पका संचालक कमल पन्त, दिपक सापकोटाका बुवा हरिप्रसाद सापकोटा र बालाराम पन्तले संयुक्त रुपमा पम्पको उद्‍घाटन गरेका हुन्।

झण्डै १ करोडको लागतमा सो पम्प संचालनमा ल्याइएको हो। यस पम्पमा डिजेल २० हजार लिटर र पेट्रोल १६ हजार लिटरको भण्डारण क्षमता रहेको संचालक कमल पन्तले जानकारी दिएका छन्।

सम्पूर्ण अत्याधुनिक प्रविधिबाट संचालनमा ल्याइएको पम्पबाट उपभोक्ताहरु ठगिन नपर्ने र गुणस्तरीय इन्धन प्राप्त गर्न सकिने संचालकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.