|

जुम्ला : अधिक रक्तश्रावका कारण तिला गाउँपालिका– ३ लुम्सेरा गाउँकी एक गर्भवती महिलाको मृत्य भएको छ। जग्गीप्रसाद भट्टराईकी श्रीमती २७ वर्षीया ज्ञानु भट्टराईको मृत्यु भएको हो।

रक्तश्राव भएपछि ज्ञानुलाई घरबाट २० किलोमिटर टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो। अस्पताल लग्ने क्रममा बाटोमै बेहोश भएकी उनको होश नै नखुली अस्पतालमा मृत्यु भएको चिकित्सक राजीव शाहले जानकारी दिए।

एक दिनअघिदेखि धेरै रगत बगेको उनलाई अस्पताल ल्याउन निकै ढिलो भएको शाहीले बताए। डा. शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शिशु शल्यक्रियाबाट निकालिएको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.