|

चितवन : चितवनको नारायणगढमा खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ लीलाचोकमा गएराति दुई जनाले खुकुरी प्रहार गर्दा स्थानीय ३२ वर्षीय विजय भुजेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

साथीसाथीबीच विवाद हुँदा भुजेलमाथि खुकरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाउको, घाँटीलगायत विभिन्न ठाउँमा ठूलो चोट रहेकाले उनको अवस्था गम्भीर छ। 

खुकुरी प्रहार गर्ने फुच्चे भन्ने सुरेश सिलवाल र चोक्टे भन्ने राजकुमार गुरुङले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गरी फरार रहेका उनीहरुलाई राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.