|

सुनसरी : धरान उप–महानगरपालिका वडा नं. १८ मा ७७ वर्षीय वृद्धादेखि पूर्व–लाहुरेसम्मले उम्मदवारी दिने भएका छन्। नेकपा (माओवादी केन्द्र) बाट धरान १८ मा पूर्व–बेलायती आर्मी मानबहादुर राई वडाध्यक्षको उम्मेदवार बन्न लागेको हुन्।

राईले १५ वर्ष बेलायती सेना र १० वर्ष ब्रुनाई सरकारको जागिर खाएका थिए। उमेरले ६० वर्ष काटिसकेको राई सामाजिक सेवा गर्ने उद्देश्य लिएर वडाध्यक्षको उम्मेदवार बनेको बताउँछन्।

धरानको विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेको मानबहादुर राई धरानकै नाम चलेको गोर्खा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत हुन्। उनी वडाध्यक्षको उम्मेदवार भएपछि वडाबासीहरु तथा स्थानीय सरोकारवाला व्यक्तिहरुले पनि निकै चासोका साथ हेरेका छन्।

त्यसैगरी, ७७ वर्षीय पहलमान बस्नेत पनि माओवादी केन्द्रबाट वडा सदस्यको उम्मेदवार भएका छन्। उनी अवकास पाप्त सरकारी जागिरे पनि हुन्। आफूलाई युवाको जस्तै जोश र जाँगर भएको हुँदा आफू पनि उम्मेदवार भएको उनले बताए। 

धरानको १८ नं. वडालाई समृद्ध र व्यवस्थित वडाको रुपमा हेरिन्छ। १८ नं. वडामा नै एसियाकै प्रसिद्ध मानिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि रहेको छ। वडाको क्षेत्रफलको लगभग आधा भाग यसैले ओगटेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.