|

चितवन : बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। २९ मध्ये अब ३ वटा वडाको मत गन्न बाँकी छ। यसक्रममा कांग्रेस-माओवादी गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर ११४५ मा झारेकी छन्।

१८ नम्बर वडाको मत गणना सकिँदा देवीले ३९,७५० र रेणुले ३८,६०५ मत ल्याएका छन्।

वडामा भने कांग्रेस उम्मेदवार विजयी भएका छन्।

अब १९, २० र २१ नम्बर वडाको मत गन्न बाँकी छ। यी तीनवटै वडामा कांग्रेस तुलनात्मकरुपमा बलियो रहेको बताइएको छ। कांग्रेसबाट ६५ प्रतिशतको हाराहारीमा मत रेणुलाई नआएको खण्डमा ज्ञवालीको पल्ला भारी हुने सम्भावना बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.