|

काठमाडौं : विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठानहरूले  मात्रै प्रदान  गर्नसक्ने चिकित्साशास्त्रअन्तर्गत  डक्टर  अफ मेडिसिन (एमडी)को प्रमाणपत्र नेपाली विद्यार्थीले फिलिपिन्सको तालिम केन्द्रबाटै ल्याउने गरेको पाइएको छ।

त्यस्ता  तालिम  केन्द्रबाट  विगतमा  हासिल  गरेको  प्रमाणपत्रको समकक्षता  रद्द  गर्ने  र अबदेखि समकक्षता  नदिने   निर्णय  त्रिभुवन  विश्वविद्यालयले    गरेको छ। विदेशमा पढे र    आर्जेको प्रमाणपत्रलाई स्वदेशमा त्रिविअन्तर्गत रहेको पाठ्यक्रम   विकासकेन्द्रले समकक्षता दिँदै आएको   छ।  

केन्द्रका  निर्देशक प्राध्यापक डा. पारसनाथ यादवले  भने, “विगतमा तालिम  केन्द्रबाट  प्राप्त  प्रमाणपत्रलाई  दिइएको समकक्षता पनि रद्द गर्ने निर्णय गरिएको  छ। ”ती तालिम केन्द्र सरकारी मान्यताको  हो  कि होइन भन्ने  विषयमा जान्न त्रिविले  परराष्ट्र मन्त्रालयमार्फत फिलिपिन्स  सरकारलाई  पत्राचार   गरेको थियो तर दुई पटकसम्म पत्र पठाइएको  भए पनि जवाफ नआएपछि समकक्षता  रद्द  गर्ने  निर्णय  गरिएको   यादवले   जानकारी दिए। 

यादवका अनुसार  विगतमा समकक्षता लिएका यस्ता  विद्यार्थी  कति  छन्  भन्ने  विषयमा  यकिन  तथ्याङ्क पाठ्यक्रम विकास केन्द्रसँग छैन तर  ५० जनाको   हाराहारीमा  रहेको हुनसक्ने उनको अनुान छ।  समकक्ष तालिम सम्बन्धित विद्यार्थीले  त्रिविमा पेस  गरेको प्रमाणपत्रमा  विश्वविद्यालयका  उपकुलपति र   शिक्षाध्यक्षको   हस्ताक्षर   नदेखे पछि  त्रिविले   २०७५ सालमै   शङ्का  गरेको   थियो। सोही  बेलादेखि  नै   समकक्षताका  लागि  निवेदन दिएकाबारे   निर्णय  नगरी  केन्द्रले   अध्ययन  गरिरहे को  थियो।  

समकक्षता रद्द  गर्ने  निर्णयसँगै   हाम्रो   रेकर्डमा  ती  विद्यार्थीको   शैक्षिक योग्यता  एमबीबीएसमा  मात्रै   रहेको   छ। चिकित्साशास्त्रमा  एमडी  अध्ययनका  लागि  स्वदे शमा  सीमित  कोटा  हुने   भएका  कारण  नेपाली विद्यार्थी विदेशी शैक्षिक संस्थामा भर्ना हुने  गरेका छन्। यस्ता संस्थामा भर्ना भएपछि नेपालको  तुलनामा पढ्न पनि सजिलो  भएका कारण विद्यार्थी त्यता जाने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.