|

सुनसरी : वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराललाई धरानमा शनिबार सम्मान गरिएको छ। कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल सुनसरीले बराललाई सम्मान गरेको हो।

सम्मान कार्यक्रममा काउन्सिलमा हालै अध्यक्ष नियुक्त भवानी बरालले पत्रकारको अधिकार र सञ्चार माध्यमहरुको उन्नति तथा प्रगतिको लागि सदैव लागिरहने बताए। उनले प्रेस काउन्सिललाई पनि देशको प्रशासनिक निकाय जस्तै संघीय संरचनामा लैजाने सोंचमा आफू रहेको जानकारी दिए।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले अध्यक्ष बराललाई सदैव जनताको पक्षमा रहेर काम गर्न आग्रह गरे। अध्यक्ष दाहालले प्रेस काउन्सिल सञ्चारजगतको नियमनकारी निकाय भएको बताउदै उक्त संस्थाले सही दिशा दिने मान्छे पाएको दावी गरे।

यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्बर खड्काले सुनसरीले प्रेस जगतको अभिभावक पाएकोमा खुशी व्यक्त गर्दै राज्यले मोफसलका पत्रकारलाई समेत स्थान दिएकोमा आभार व्यक्त गरे।

दिव्यराज आचार्य पत्रकारीता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत

पत्रकार कृष्णसेनको स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर सुनसरीले शनिबार सुनसरीका दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ। पत्रकार जयकृष्ण यादव र महाप्रतिवादका सम्पादक तारा लामगादेलाई जनही २५ हजार १ रुपैयाँले पुरस्कृत गरेको हो।

पुरस्कृत दुई पत्रकारलाई प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहाल, प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बराल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव ओम शर्मा तथा पत्रकारिता पुरस्कार कोषका संरक्षक गणेशप्रसाद आचार्यले संयुक्त रुपमा दोसल्ला ओढाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.