|

चितवन : चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहार गरेको आरोपमा २ जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने ४ जनागरी ६ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर १ का २७ वर्षीय राजकुमार गुरुङ र सोही ठाउँका २८ वर्षीय सुरेश सिलवाल पक्राउ परेको प्रहरीले जनाएको छ। उनको अहिले पनि गम्भीर अवस्थामा भरतपुरमा उपचार भइरहेको छ।

यस्तै, चितवनको रामपुरस्थित मकैबाली अनुसन्धान केन्द्रको परिसरमा प्रहरी जवान आकाश पासवानमाथि हातपात गर्नेलाई समेत आइतबार प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

सो घटनापछि फरार भएकामध्ये भरतपुर १९ का विश्वजित राना, निरज दाहाल, शक्तिमोहन गुरुङ र मिलन शाहीलाई पक्राउ गरिएको श्रेष्ठले सोमबार जानकारी दिए। उनीहरुले गाँजा सेवन गरी बसेका ७ जना व्यक्तिहरुले घेरा हाली ढुङगा हानेर प्रहरीलाई घाइते बनाएका थिए। उनीहरुलाई केही सार्वजनिक (अपराध र सजाय) ऐनअन्तर्गत अनुसन्धान कार्य भइरहेको र अन्य फरारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.