|

बागलुङः बागलुङको गलकोट नगरपालिका हटियामा निर्माणाधीन मोटरेवल पुलमा काम गर्दै गर्दा एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ। 

आइतबार राती पानी फाल्ने मोटरको खराबी पत्ता लगाउने क्रममा करेन्ट लागेपछि दर्जी ताराखोला गाउँपालिका– ४ का ३० वर्षका प्रेमबहादुर दर्जीको ज्यान गएको प्रहरीले जनाएको छ।

उनका श्रीमती, तीन छोरी र १० महिनाको एक छोरा रहेका छन्। दर्जीको शवलाई पोष्टमार्टमका लागि गलकोट प्राथमिक स्वास्थ केन्द्रमा लगिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.