|

सुर्खेत : सुर्खेतका ९ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको समय बधाई र सम्मान ग्रहणमै बित्न थालेको छ। गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले निर्देशिका प्राप्त नभएकाले समस्या भइरहेको बताए। ‘मतदातालाई धन्यवाद दिँदै छौं, खासै कामकाज सुरु भएको छैन’ उनले भने।

नगर तथा गाउँकार्यपालिकाको निर्वाचन नभएकाले निर्वाचित जनप्रतिनिधिहरुले महत्वपूर्ण निर्णय गर्न सकेका छैनन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले २० गते मतदान हुनेगरी कार्यपालिका निर्वाचनको समय तालिका सार्वजनिक गरेको छ।

वीरेन्द्रजगरकी उपप्रमुख मोहनमाया ढकालले कार्यपालिका गठन नहुन्जेल कार्यालय व्यवस्थापनबाहेक अन्य काम सुरु हुन नसकेको बताइन्। जनप्रतिनिधिले विभिन्न संघ–संस्थाको सम्मान तथा बधाई ग्रहण गर्ने, टोल–टोलमा पुगेर मतदातालाई धन्यवाद दिने, भोजभतेर गर्नमै समय व्यतित गर्ने गरेका छन्। ‘कार्यपालिका गठन हुन बाँकी छ। निर्देशिका पनि प्राप्त भएको छैन’ उपप्रमुख ढकालले भनिन्, तोक लगाउनेदेखि बाहेका अरु केही काम भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.