|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले ५ वर्षभित्र गाली सुन्नु नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्। सोमबार शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमा उनले ५ वर्ष जनतामाझ जाँदा गालीको वर्षा सुन्नु नपर्ने गरी सदनले काम गर्नुपर्ने बताएका हुन्।

‘चुनाव जितेर हामी आइसकेपछि ५ वर्ष जनताको बीचमा जाँदा गालीको वर्षा सुन्नु नपर्ने, आलोचनाको भुमरीमा फस्न नपर्ने र नेताहरूप्रति आक्रोश र घृणाका आवाजहरू धेरै मात्रामा सुन्नु नपर्ने परिस्थिति यो सदनले आफ्नो दायित्व र जिम्मेवारीको क्षेत्रभित्र लिनु पर्दछ,’ प्रदेशसभा सदस्य भट्टले भने, ‘थुप्रै नीति, कार्यक्रम र योजनाको बलमा हामीले यहाँका जनताको सपना र लक्ष्यमा सदनलाई लैजाने छौं।’

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेका भट्टले राजतीतिक र दलगत संकिर्णताबाट माथि उठेर सबैले काम गर्नुपर्ने औंल्याए। यसका साथै उनले सुदूरपश्चिमलाई साँच्चिकै सुदूर र उदाउँदो सुदूरपश्चिमको रूपमा अगाडि बनाउने दायित्व आफूहरूमा आएको बताए।

‘सुदूरपश्चिम अभाव, गरिबी र पछौटेपनको दलदलमा बसिरहेको थलो हो। यो भूमि सूर्य पनि अस्ताउन मात्रै आउने भनेर परिचित भएको थलो पनि हो,’ डडेल्धुरा प्रदेशसभा–१ बाट निर्वाचित भट्टले  भने, ‘हामीले सुदूरपश्चिमलाई सुदूर पश्चिम भनेर थुप्रै ठाउँमा पोस्टरमा लेखेको देखेका छौं तर वास्तविक रूपमा यसलाई सुदूर र राइजिङ सुदूरपश्चिमको रूपमा अगाडि बनाउने दायित्व हामीसँग छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.