|

काठमाडौं : स्थानीय तह निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ। कतिपयले आफ्नो एक मत मात्र पाएका छन्।

वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उम्मेदवारी दिएका १६ जनाले आफूलाई समेत मत दिएनन्। प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले मात्र एक मत पाएका छन् अर्थात् उनीहरूले आफूलाई मत दिएका छन्। 

निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकाका काठमाडौ., ललितपुर, भक्तपुर जिल्लाका विभिनन नगरपालिकाका उम्मेदवारको मत परिणामले यस्तो देखाएको हो। एक मत  प्राप्त गरेका उम्मेदवारलाई आफ्नै परिवारका सदस्यले पनि मत नदिएको भन्न सकिन्छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट प्रमुख पदमा सुटकेस चिह्न लिएर उठेका भगवान गिरीले एक भोट मात्र पाएका छन्। महानगरबाटै टोपी चिह्न लिएर प्रमुखको उम्मेदवार बनेका विनोदकुमार क्षेत्रीले पनि एक मत मात्र पाएका छन्। महानगरपालिकाकै प्रमुख पदका उम्मेदवार दिनेश दर्शनधारीले एक मत पनि पाएनन्।

यस्तै चन्द्रागिरी नगरपालिकामा नन्दकुमारी श्रेष्ठले आफ्नोमात्र मत पाइन्। दक्षिणकाली नगरपालिकामा क्यामरा चिह्न लिएर चुनाव लडेका महेन्द्रदास श्रेष्ठले एक मत पाए। नागार्जुन नगरपालिकामा चुनाव लडेका निरञ्जन श्रेष्ठले २ मत प्राप्त गरे। शंकरापुर नगरपालिकामा ब्याडमिण्टन कक चुनाव चिह्नमा चुनाव लडेका शंकरप्रसाद ढकाल र चमेरो चिह्नमा  उम्मेदवार बनेका श्रीजन श्रेष्ठले ३\३ मत पाए ।

काठमाडौं महानगरपालिकाको  प्रमुख पदमा १८ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। महानगरपालिकामा निर्वाचन अयोगमा दर्ता भएका दलबाट १० र स्वतन्त्रबाट १८ उम्मेदवार प्रमुखका लागि चुनावी मैदानमा थिए। कम मत ल्याउनेमा अधिकांश स्वतन्त्र उम्मेदवार छन्।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार कतिपयलाई चुनाव नसाजस्तो लाग्ने भएकाले उम्मेदवारी दिएका हुन्। ‘कतिपयको चुनाव लड्ने आकांक्षा हुन्छ। हाम्रोजस्तो मुलुकमा यो पनि चलन छ’, उनी भन्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.