|

ओखलढुंगा : इन्सेक  ओखलढुंगाको आयोजनामा ओखलढुंगामा ०७४ जेठ १५ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्लास्तरीय सञ्जाल गठन भएको छ।  जिल्लास्तरीय नागरिक सचेतना समूहको बैठकले इन्सेक प्रतिनिधिको संयोजकत्वमा सञ्जाल गठन गरेको हो।

११ सदस्यीय सञ्जालमा नेपालपत्रकार महासंघ, गैरसरकारी संस्थामहासंघ, राष्ट्रिय कृषक समुहमहासंघ, नियोक, जिल्लास्थित सामुदायिक रेडियोका प्रतिनिधीहरु सदस्य रहेका छन्। सञ्जालले निर्वाचनका क्रममा हुने आचारसंहिता उल्‍लंघनका घटना अनुगमन गरी निर्वाचनलाई स्वच्छ बनाउन प्रयास गर्ने निर्णय भएको छ।

त्यस्तै, समूहको बैठकले पत्रकार कु्म्भराज राईको संयोजकत्वमा सूचनाको हकसम्बन्धी जिल्लास्तरीय सरोकार सञ्जालसमेत गठन भएको छ। नागरिक समाज र सञ्चारकर्मीहरु वञ्चित भएको, मागेका सूचना नपाउने गरेको लगायतका गुनासा व्यवस्थापन गरी सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि दबाब दिन सञ्जाल गठन भएको सञ्जालका संयोजक कुम्भराज राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.