|

ओखलढुंगा : सरकारले संघीयता कार्यान्वयन गराउनका लागि ओखलढुंगाका स्थानीय तहमा २ अरब १५ करोड ४२ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको बजेटमा ओखलढुंगाका लागि उक्त रकम विनियोजन गरिएको हो।

ओखलढुंगाको स्थानीय तहमा सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकामा ३८ करोड ५५ लाख ७१ हजार रुपैयाँ र खिजिदेम्बा गाउँपालिकामा सबैभन्दा कम २२ करोड ५८ लाख ६५ हजार रुपैयाँ विनियोजन भएको छ। स्थानीय तह कार्यान्वयनपछि जनप्रतिनिधिहरुले बजेट सदुपयोग गर्ने नगर्ने हेर्न बाँकी रहे पनि बजेट बढेर आएपछि यहाँका स्थानीय भने खुसी देखिएका छन्।

कुन तहमा कति रकम?

 स्थानीय तहको नाम     विनियोजित बजेट

सिद्धिचरण नगरपालिका     ३८ करोड ५५ लाख ७१ हजार

खिजिदेम्बा गाउँपालिका     २२ करोड ५८ लाख ६५ हजार

चम्पादेवी गाउँपालिका     २५ करोड ५८ लाख ६५ हजार

चिशंखुगढी गाउँपालिका    २४ करोड ९३ लाख ८१ हजार

मानेभञ्ज्याङ गाउँपालिका   २८ करोड ५५ लाख ९२ हजार

मोलुङ गाउँपालिका         २३ करोड ६२ लाख १७ हजार

लिखु गाउँपालिका           २६ करोड १६ लाख २४ हजार

सुनकोसी गाउँपालिका         २५ लाख ४७ लाख ६ हजार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Yati 28 karidema pachi kama lagani huneya jama 10 chai hun cha hola mero sidha hisama