|

काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ९ गैरीगाउँमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मान्छे मृत अवस्थामा भेटिएको भन्ने जानकारी आएपछि घटनास्थलतर्फ प्रहरीको टोली पठाएको थियो।

‘जानकारी आउनेवित्तिकै मैले प्रहरीको टोली पठाएको छु’, प्रहरी नायव उपरीक्षक नवीनराज राईले भने, ‘भर्खरै जानकारी आएकाले को, कसरी र के कारणले मृत्यु भएको भन्ने कुरा खुलेको छैन।’ घटनाबारे छानविन भइरहेको राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.