|

काठमाडौं : दाङ पुगेर अनशन स्थगित गरी फर्केका चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा डा गोविन्द केसीले शनिबारदेखि फेरि अनशनको घोषणा गरेका छन्। 

माग पूरा हुने आश्वासन पाएर अनशन स्थगित गरी दाङबाट फर्किएका उनले सरकारले यसअघि आफूसँग गरेका सहमतिहरु कार्यान्वयन गर्नुभन्दा उलंघनतिर लागेकाले अनशन सुरु गर्न लागेको विज्ञप्ति मार्फत बताएका छन्। 

'सरकारले यसअघि हामीसँग चिकित्सा शिक्षा ऐन पारित नभई कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने, कार्यक्रम थप गर्ने वा बिस्तारित कार्यक्रमको अनुमति दिने काम नगर्ने भनेर सम्झौता गरेकोमा हालै मन्त्रिपरिषद्को बैठकले त्यसको प्रतिकुल हुने गरी नयाँ मेडिकल कलेजहरु खोल्ने गरी निर्णय गरेकोमा हाम्रो तीव्र ध्यानाकर्षण भएको छ’ डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसअघि नै नेपाल सरकारले हामीसित गरेको सम्झौताविरुद्ध सम्मानित सर्वोच्च अदालतमा मुद्दा परेकोमा सो सम्झौता रोक्ने गरी अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको समेत हामी स्मरण गराउन चाहन्छौं।’ ।

जेठ २० गते शनिबारसम्म यी मागहरु पूरा नभएमा शनिबार ४ बजेदेखि अनशन बस्ने डा. केसीले जानकारी दिएका छन्। यसअघि अनशनका लागि दाङ पुगेका डा. केसी स्वास्थ्य मन्त्री गगन थापाको आग्रहमा अनशन स्थगित गरी बुधबार बेलुका मात्र काठमाडौं फर्किएका हुन्।

हेर्नुस् केसीले जारी गरेको विज्ञप्ति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.