|

सुर्खेत : पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका नयाँ गाउँका रहेको एक विद्यालयको भवन निर्माणको लागि पूर्व सैनिकले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

गुर्भाकोटका स्थानीय भूपू ब्रिटिश आर्मी दीपेन्द्र थापाको १५ लाख रुपैयाँ र स्थानीय बासिन्दाले श्रमदान गरी १७ लाखको लागतमा ३ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको छ।

त्यसैगरी खानेपानीको एक कोठे भवन निर्माण पनि वैशाख मशान्तमा सकिएको विद्यालयले जनाएको छ। २०३४ सालदेखि सञ्चालित उक्त विद्यालय भवन जीर्ण भएका कारण पानी चुहिने समस्या थियो।

नयाँ भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएपछि नयाँ भवन निर्माण गरिएको विद्यालयले जनाएको छ। विद्यालयको भवन र खानेपानी भवन निर्माण गरी विद्यालयको अति आवश्यक समस्या समाधान भएको विद्यालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.