|

काठमाडौं : विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपाबाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको दावी गरेका छन्। उनले आफ्नो पार्टीले शुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीसमेत कुचो बोकेर हिँड्न बाध्य भएको दावी गरे।

पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो दावी गरेका हुन्। उनले त्यसैको परिणामस्वरुप आज मुख्य मानिएका दलहरूबाहेकको विकल्प पनि हुनसक्छ भन्ने स्थापित भएको दावी गरे। उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको समेत दावी गरे।

उनले भने, ‘काँग्रेस, एमाले, माओवादी, राप्रपाबाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने २०६९ सालताका थियो। त्यो मानसिकतालाई हामीले चिरेका छौँ। यी दलहरूभन्दा पनि बाहिर कुनै विकल्प हुनसक्छ भन्ने भाष्य थिएन, त्यसलाई हामीले चिरेका छौँ। आज काँग्रेस, एमाले, माओवादी, राप्रपाको विकल्प हुनसक्छ, सके दल हुन्छ, नभए स्वतन्त्र पनि हुन्छ, लोकतन्त्र विकल्परहित छैन र होइन भन्ने भाष्य हामीले निर्माण गरेका छौँ। हामीले कार्यक्रमपछि कुचो बोकेर सफा गर्न हिँडेका थियौँ, अन्य पार्टीहरुलाई पनि त्यो सिकायौँ। यो हाम्रो उपलब्धि हो।’

उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर‚ नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनशन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए।

‘आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुंगा हान्ने मात्रै होइन, आन्दोलन फूल रोपेर पनि हुनसक्छ। अनशन बसेर पनि हुनसक्छ, नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ‚’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.