|

काभ्रे :  काभ्रेको धुलिखेलमा भएको सवारी दुर्घटनामा मिनिट्रक चालकको मृत्यु भएको छ। 

बिहिबार बिहान जिल्लाको धुलिखेल  नगरपालिका–११ पात्लेखेतस्थित विपि राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेकासूचना अधिकारी तथा  डिएसपी डुण्डीराज न्यौपानेले मृत्यु हुनेमा मिनिट्रक चालक जिल्ला रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी बस्ने ३५  वर्षीय अभिजल काफ्ले रहेको जानकारी दिए। उनका अनुसार गम्भीर घाइते चालक कफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।​

डिएसपी न्यौपानेले सोही मिनिट्रकको सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ बस्ने १७ वर्षीय कुवेर ठकुरी घाइते भएको बताए। काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउदै गरेको मिनि ट्रक सडकबाट अन्दाजी  २ सय मिटर तल खसेको  जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.