|

दैलेख : दैलेखमा सम्पन्न १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा डुंगेश्वर गाउँपालिका पहिलो भएको छ।

फागुन ४ देखि ६ गतेसम्म चामुण्डाविन्द्रासैनी नगरपालिकामा सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी १४ पदकसहित डुंगेश्वर गाउँपालिका पहिलो भएको हो।

प्रतियोगितामा ६ स्वर्ण, २ रजत  र ३ कास्य गरी ११ पदकसहित नारायण नगरपालिका द्वितीय भएको छ। ५ स्वर्ण, ८ रजत र ७ कास्य गरी २० पदकसहित नौमूले गाउँपालिका तृतीय हुन सफल भएको छ।

५ स्वर्ण, ४ रजत र ३ कास्य गरी प्रतियोगितामा चामुण्डाविन्द्रासैनी नगरपालिकाले १२ पदक प्राप्त गरेको छ। जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिमाई गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी १२ पदक हात पारेको छ।

ठाँटिकाँध गाउँपालिकाले ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित ११ पदक पाएको छ भने भैरवी गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्यसहित ५ पदक जितेको छ।

आठविस नगरपालिकाले ४ रजत र ६ कास्यसहित १० पदक हात पारेको र गुराँस गाउँपालिकाले प्रतियोगितामा कुनै पनि पदक हासिल गर्न नसकेको जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष गोपाल बिसीले बताए।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शान्त वातावरणमा सम्पन्न भएको आयोजक चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.