|

दैलेख : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले काँग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा पुर्‍याएको बताएका छन्।

एमालेको ग्रासरुट अभियानमा दैलेख आएका सचिव भट्टराईले काँग्रेसले सडकमा प्रचण्डलाई एमालेले उद्धार गरी सिंहदरबार पुर्‍याएको बताएका हुन्।

प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले काँग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा वर्तमान सत्ता गठबन्धनबाट समर्थन गर्ने कुरा नैतिक रूपमा नमिल्ने बताए। पुस १० मा आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति र सभामुख एमालेलाई भनेर माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको भट्टराईको दाबी छ।

भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर दलहरूबीच रस्साकस्सी चलिरहेका वेला सचिव भट्टराईले माधव नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचिलो हुने बताए।

भट्टराईले माओवादी अध्यक्ष प्रचण्ड नेपाली राजनीतिको अस्थिर नेता रहेको टिप्पणी समेत गरे। उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढ्ने बताए। समयमै काम गर्ने कम्पनीसँगको सम्झौता खारेज गरेर नयाँ कम्पनीसँग सम्झौता गरी आयोजनाको काम अघि बढ्ने भट्टराईको भनाइ छ।

भट्टराईले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको बताए। नेपालमा सबैभन्दा ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थ आयातमा रहेको बताउँदै भट्टराईले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणले पूर्णता पाए नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने समेत बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.