|

बेलायतको राजधानी लन्डनको एक पुलमा पैदल यात्रा गरिरहेका बटुवाहरुमाथि भ्यान चलाउदा र उनीहरुमाथि चक्कु हमला गरेर ६ जना मारिएका छन्। जसमध्ये तीनजना आक्रमणकारी प्रहरीद्वारा मारिएका थिए। उक्त आक्रमणमा घाइते भएका ४८ जना घाइतेलाई अस्पताल भर्ना गरिएको बीबीसीले लेखेको छ।

आइतबार बिहान लन्डन ब्रिजमा हिँडिरहेका बटुवाहरुलाई एक सेतो भ्यानले कुल्चेको थियो। उक्त भ्यानबाट निस्केर तीनजनाले बटुवाहरुमाथि चाक्कु प्रहार गरेका थिए। उनीहरु पुलको दक्षिणमा रहेको बोरोउ मार्केटका रेस्टुरेन्ट र बारमा रहेका सर्वसाधारणमाथि चक्कु प्रहार गरेका थिए। त्यहीँ प्रहरीले उनीहरुलाई गोली हानेर मारेको थियो।

लन्डन एम्बुलेन्स सर्भिसले ४८ जनालाई पाँच अस्पतालमा भर्ना गरेको जनाएको छ।

'सन्दिग्धहरुले विस्फोटक भेस्ट जस्तो देखिने कपडा लगाएका थिए। पछि विस्फोटक नभएको भन्ने थाहा हुन आयो', मेट्रोपोलिटन पोलिस असिस्टेन्ट कमिस्नर मार्क रोले भने। उनले हालसम्म तीनजना मात्र आक्रमणकारी संलग्न रहेको पत्ता लागेको बताए। उनले भने, 'यो घटनालाई हामीले आतंककारी हमलाको रुपमा लिएका छौं र अनुसन्धार पनि त्यहीँ किसिमले सुरु गरेका छौं।'

बेलायती प्रधानमन्त्री टेरेजा मे ले पनि उक्त आक्रमणलाई आतंककारी भनेकी छन्। प्रधानमन्त्री कार्यालयले लन्डन ब्रिजमा भएको घटनामाथि नजिकबाट अध्ययन भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.