|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ। बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ। बस्नेतको हत्या बिहीबार राति भएको हुनसक्ने प्रहरीको अनुमान छ।

महालक्ष्मी नगरपालिका–५ स्थित ज्यामिरेमा रहेको घरमा सुस्त मनस्थिति रहेका भाइसँग बस्दै आएका बस्नेतको हत्या भएको हो। उनका भाइ अर्को कोठामा सुतेको र अर्को कोठामा सुतेका बस्नेतको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान उनी बस्दै आएको घरमा शवको घाँटी मुनिको भाग फेला परेको र टाउको करिब १ किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्सपेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार गरिरहेको र शवको पोष्टमार्टम जिल्ला अस्पताल धनकुटामा गरिने तयारी भइरहेको छ।​

पोष्टमार्टमपछि बस्नेतका परिवारको पहिचान गरी शव जिम्मा दिने प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.