|

  • सविता जिसी-

सुर्खेत : सुर्खेतका ९ वटा स्थानीय तहले वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनपश्चात पूर्णता पाएका छन्। सुर्खेतका ४ गाउँपालिका र ५ नगरपालिका मध्य सबै स्थानीय तहमा गाउँनगर कार्यपालिकाको लागि शनिबार भएको निर्वाचनबाट पूर्णता पाएका हुन्।

गुर्भाकोट नगरपालिकामा कांग्रेस निर्विरोध

गुर्भाकोट नगरपालिका सुर्खेतको नगर कार्यपालिकामा ५ जना महिला सदस्य र ३ जना दलित अल्पसंख्यक गरी ८ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।निर्विरोध निर्वाचित हुनेहरु सबै नेपाली कांग्रेसका उम्मेद्दवार रहेका छन्। निर्वाचनका लागि अन्य पार्टीको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचित हुने सदस्यहरुमा सुशीला कार्की, सरस्वती नेपाली, मनिसरा थापा, तस्बीर घर्ती र गङ्गा श्रेष्ठ छन्। यस्तै, अल्पसंख्यक सदस्यहरुमा दिलबहादुर सार्की, खुमबहादुर विक र उबिकला सार्की रहेका छन्। उनीहरुलाई शनिबार नै शपथग्रहण गराइएको छ।

पञ्चपुरीमा कांग्रेस विजयी

८ जना सदस्यका लागि भएको सुर्खेतको पञ्चपुरी नगर कार्यपालिकाको चुनावमा नेपाली कांग्रेसका सबै उम्मेदवारहरु विजयी भएका छन्। सदस्यहरुमा तुलसी लामिछाने मगर, खगिसरा कँडेल, रुक्मि देवकोटा, गणेश शाही, र चन्द्रा आले रहेका छन्। यस्तै, दलित वा अल्पसंख्यक सदस्यमा गार्ख विक, भगे कामी, र समुन्द्र राजी रहेका छन्।

भेरीगंगा नगरपालिकामा कांग्रेसको बहुमत

भेरीगंगा नगरपालिकामा शनिबार सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा ८ सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले एकलौटी जित हासिल गरेको छ।भेरीगंगा नगरकार्यपालिकामा विजयी हुने सदस्यहरुमा खिमकुमारी कामी, भूमिकला सुनार, मोतिकला खत्री, रमना दमाईं, विष्णु खत्री, खिलबहादुर कामी, प्रतिमा विक र शेरबहादुर विक रहेका छन्।

लेकबेसीमा एमाले जनमोर्चा प्यानल विजयी

लेकबेंसी नगरपालिकाको नगरकार्यपालिका नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको  संयुक्त प्यानल विजयी भएको छ। लेकबेंसी नगर कार्यपालिकामा निर्वाचित हुनेहरुमा झगीसरा सुनार, तुलिसरा राना, दुर्गा बाह्रघरे, धनसरा सुनार र लक्ष्मिदेवी रेग्मी रहेका छन्। यस्तै, दलित तथा अल्पसंख्यक सदस्यमा इन्द्रबहादुर विश्वकर्मा, रत्नबहादुर सुनार र हिरालाल नेपाली निर्वाचित भएका छन्।

बराहतालमा कांग्रेस माओवादी प्यानल विजयी

बराहताल गाउँपालिकामा ६ जनाका लागि शनिबार भएको निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेस संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए।माओवादी कांग्रेसको संयुक्तको प्यालले एमालेका उम्मेदवारहरुलाई पछाडि पार्दै विजयी हुनेहरुमा लोपोन्मुख सदस्यतर्फ नेपाली कांग्रेसका डिलसरा राजी, दलित

सदस्यतर्फ माओवादी केन्द्रका शेरबहादुर सुनार विजयी भएका छन्। सदस्यहरुतर्फ नेपाली कांग्रेसका उम्मेद्दवारहरु चित्रा विक, भावना बस्नेत र माओवादी केन्द्रका कमला सुनार र रोशनी सुनार विजयी भएका छन्।

सिम्ता गाउँपालिकामा एमाले विजयी

सिम्ता गाउँपालिकामा ६ जना सदस्यका लागि भएको निर्वाचनमा ५ जना सदस्यमै नेकपा एमाले विजयी भएको छ। महिला सदस्यहरुमा दीपा चन्द मल्ल, तुलसी सिंह, शोभा परियार, राधिका विक विजयी भएका छन्। यस्तै, दलित तथा अल्पसंख्यक सदस्यमा टेकनारायण विक विजयी भएका छन्।

चिगांड गाउँपालिकामा कांग्रेस विजयी

चिगांड गाउँपालिकामा ६ जना सदस्यका लागि भएको निर्वाचनमा सबै सदस्यहरु नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरुमा सदस्यहरुमा नेपाली कांग्रेसका लालवीर सार्की, कुले कामी, तिलमाया सुनार, ललित शर्मा जैशी, तुलसी शाही र पार्वती चुनारा रहेका छन्।

चौकुने गाउँपालिकामा एमालेको बहुमत

सुर्खेतको चौकुने गाउँकार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ। चौकुने गाउँकार्यपालिकाको शनिबार सम्पन्न सदस्यहरुको निर्वाचनमा ५ जना सदस्य नेकपा एमालेले जितेको छ। एमालेका उम्मेदवार मन्धरा सावद, रामकली दर्लामी, कमला विक, हरिकला विसी, नैनसिंह राजी र चमारे दमाईं विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.