|

धरान : मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा गोल्डकपको २३औँ संस्करणधरान–१६ स्थित रंगशालामा शनिबार सुरु हुँदैछ। 

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुने तालिका छ।  प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबीपीएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौं, बागमती युवा क्लब सर्लाही, केएफटीसी झापा र एन्फा मोरङ गरी आठ टोलीको सहभागिता छ। 

नेपालको ‘ए’ डिभिजन क्लबहरू मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, सङ्कटा क्लब, पोखराको सहारालगायत क्लबलाई यो पटक नबोलाएको आयोजकले बताएको छ । 

२२ औँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो। २०७६ फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो। २०७६ पछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।

यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिने पनि आयोजक क्लबले जनाएको छ। 

फागुन २० गतेसम्म हुने प्रतियोगिताको फाइनल विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ हात पार्नेछन्। 

खेल हेर्न ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक र अपाङ्ग बालबाालिकाका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । उद्घाटन खेल तथा क्वार्टरफाइलनसम्मको खेलका लागि प्रवेश शुल्क १०० रुपैयाँ राखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.